नेपाली

मधेसका विद्यार्थीलाई चाइना एड र यूएनडीपीको सहयोग

CRIPublished: 2024-05-10 15:13:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चाइना एड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मधेस प्रदेशका विद्यार्थीलाई सहयोग गरेका छन्। महामारी रोकथाम र हरित प्रवर्द्धनका लागि विकट क्षेत्रका विद्यालय र समुदायलाई सहयोग गर्ने विशेष परियोजना अन्तर्गत यस्तो सहयोग गरिएको ती संस्थाले जनाएका छन्। बिहीबार सर्लाहीको वरहथवा नगरपालिकामा यो कार्यक्रम अनावरण गरिएको नेपालखबर अनलाइनमा समाचार छ। यसले सर्लाही र रौतहटका २५ वटा सरकारी स्कुलका विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखेको छ। यसबाट १५ हजार विद्यार्थी र ७ हजार ५ सय परिवार लाभान्वित हुनेछन्।

बिहीबार बरहथवामा कार्यक्रम अनावरण गर्दै मधेस सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले कार्यक्रममार्फत नयाँ परियोजना यस क्षेत्रमा ल्याएकामा आभार प्रकट गरे। यो कार्यक्रमले नेपालको विकासमा टेवा पुग्नेछ। कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग बाँडियो।

चिनियाँ राजदूत छन सोङले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) परियोजनाले नेपाल र अन्यत्र पनि ठूलो योगदान गरेको बताउनुभयो। उहाँले मधेसमा दुई मुख्य परियोजना स्वच्छ खानेपानी र उज्यालो गाउँको घोषणा समेत गर्नुभयो।

बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले यो सहयोगले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो।

यूएनडीपी नेपालकी उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्डले शिक्षा र हरित प्रवर्द्धनमा गरिने लगानी जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न प्रभावकारी हुने र दिगो विकास लक्ष्य प्राप्तिमा समेत भूमिका खेल्ने बताउनुभयो। पछिल्लो परियोजना चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले कार्यान्वयन गरेको हो। यसको अनुसन्धान वर्ल्ड एजुकेसनले गरेको थियो। सीएफआरडीका अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक वु पेङले आफ्नो संस्थाले ७ प्रदेशका ६० जिल्लामा सहयोग गरेको बताउनुभयो।

पछिल्लो सहयोगअनुसार विद्यालयमा डेस्क, टेबल र बुक र्‍याकलगायत सामग्री सहयोग गर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn