नेपाली

दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने

criPublished: 2024-05-08 15:46:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएको हो।

छनोट प्रतियोगितामा नेपालका तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताउनुभयो। नेपालको मुख्य चुनौती भनेको श्रीलंकाका खेलाडी रहने भएकाले सोही अनुसार तयारी गरिएको प्रशिक्षक कपालीले बताउनुभयो। छनोटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउनेछन्।

छनोट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ। एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनोट भइसकेका छन्।

नेपालमा पहिलो पटक ओलम्पिकको छनोट हुन लागेको हो । प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था "नेपाली घर" ले गरेको छ। नेपाली घरले करिब ५ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ।

प्रतियोगिता गर्न करिब १० लाख रुपैयाँ लाग्ने अनुमान छ। छनोट प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ। नेपालखबर अनलाइन।

Share this story on

Messenger Pinterest LinkedIn