नेपाली

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन व्यवस्थापनका दर्जन प्रस्ताव

CRIPublished: 2024-05-06 16:16:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक कदमबारे विमानस्थल व्यवस्थापनले झन्डै एक दर्जन सुझाव प्रस्तुत गरेको छ। राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रस्तुत गरेको रिपोर्टमा ती सुझाव दिइएको हो।

व्यवस्थापनका तर्फबाट यो विमानस्थल नियमित सञ्चालन विषय समग्र मुलुकको संयन्त्रसँग जोडिएको भन्दै पर्यटन, अर्थ, स्वास्थ्य, उद्योग र परराष्ट्र मन्त्रालयको भूमिका बढी रहने उल्लेख गरिएको छ ।यहाँ जडान भएको ‘आईएलसए’ (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम अप्रोच) लाई भारतको अनुमति प्राप्त हुन नसक्दा सञ्चालन गर्न सकिएको छैन। यो सञ्चालनमा आउन नसक्दा न्यूनतम १ हजार ८ सय मिटर भिजिबिलिटीमा मात्र उडान/अवतरण हुने गरेको छ ।

यसले हिउँदमा लामो सयम उडान हुन सकेको छैन । यसको विकल्पमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) अप्रोच विधि अपनाउन उपयुक्त हुने सुझाव व्यवस्थापनले दिएको छ । यसबाट न्यूनतम १ हजार मिटर भिजिबिलिटीमा समेत जहाज अवतरण गर्न सक्छ । यसका लागि कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुरोधसमेत गरेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो।

अनलाइनखबरका अनुसार यो विमानस्थलमा काठमाडौंभन्दा कम भाडामा जहाज उडाउन सके यात्रु आकर्षित हुने भन्दै व्यवस्थापनले आगामी आर्थिक वर्षको बजेटबाट यस्तो व्यवस्था गर्न सुझाव दिएको छ ।चालु आवको बजेटले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा भाडा महँगो भएको छ । यस विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेशसन, सेक्युरिटी चार्जमा छुट दिइसकेको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn