नेपाली

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

criPublished: 2024-04-27 15:59:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्रपति सी चिनफिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्‍याएको बताउँदै मन्त्री पुनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिनुभयो।

चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उहाँको भनाइ थियो। विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै पुनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गर्नुभयो। चीनले नेपालप्रति राखेको विश्वाको सधैं कदर गर्ने मन्त्री पुनले बताउनुभयो।

चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु चाओ हुईले नेपवाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताउनुभयो। राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एकएक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उहाँले जनाउनुभयो। उहाँले आफूहरु तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रंग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn