नेपाली

सगरमाथा आरोहणबाट नेपालमा ५० करोडभन्दा बढी राजस्व सङ्कलन

CRIPublished: 2024-04-21 15:49:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको कान्तिपुर अनलाइनले लेखेको छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धकरुपमा आरोही आइरहेको बताउनुभयो। उहाँका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व सङ्कलन भइरहेको छ। अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको बताउनुभयो। विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन्।

निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताउनुभयो। अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए। उनीहबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ। गत वर्ष ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो। यस वर्ष ५६ करोड रोयल्टी उठिसकेको छ। थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताउनुभयो।

विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ। यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो। 'यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ,' निर्देशक गुरुङले भन्नुभयो, 'सगरमाथा आरोहीको सङ्ख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ। अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा चार सयभन्दा बढी आरोही पुग्ने देखिन्छ।'

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn