नेपाली

तीन अर्ब लागतमा इन्धन भण्डारणगृह निर्माण गरिँदै

CRIPublished: 2024-04-19 15:29:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तीन अर्ब लागतमा भैरहवामा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रक्रिया सुरु भएको छ। ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल आयल निगमले भैरहवाको रोहिणी खोला किनारमा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रकिया सुरु गरेको हो। निगमले ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाबिचमा रहेको १४ बिघा जग्गामा उक्त भण्डारणगृह निर्माण गर्न लागिएको हो। तीन महिनालाई पुग्ने भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप निगमले भैहवामा भण्डारणगृह निर्माण गर्न पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको हो। पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप लुम्बिनी प्रदेशको भैरहवामा सुरु भएको हो।

पेट्रोलियम भण्डारणगृह निर्माण परियोजना प्रमुख प्रदीप यादवले इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप भैरहवामा प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। भण्डारणगृह निर्माण गर्न टेन्डरसमेत आह्वान भइसकेको छ। भण्डारणगृह निर्माण गर्न २० बिघा जग्गा आवश्यक पर्नेमा यसमध्ये अहिले १४ बिघा जग्गा खरिद भइसकेको र बाँकी छ बिघा जग्गा थप खरिद हुने छ। निगमले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त जग्गामा भूमि सम्याउने र रिटेनिङ वाल निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ।

रोहिणी खोला किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर दुई मिटर माथि उठाउने (फिलिङ) काम सुरु हुन लागेको छ। यस्तै फिलिङ भइसकेपछि चारैतर्फ दुई मिटर उचाइ भएको कम्पाउन्ड वाल निर्माण गर्न लागिएको छ। खोला निगमको जग्गाको पश्चिममा भएकाले खोलाको पानी आउन नदिन उक्त दिशामा तारजाली हालेर दुई मिटर रिटेनिङ वाल निर्माण गर्न लागिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn