नेपाली

नेपालका भारतभन्दा चीनतर्फका भन्सार नाकामा उच्च प्रगति

CRIPublished: 2024-04-17 15:19:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको ९ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो देखिएको छ। चीनतर्फका प्रमुख भन्सार कार्यालयहरु तातोपानी र रसुवागढी भन्सारले लक्ष्यअनुसार राम्रो राजस्व संकलन गरेका नेपाल खबर अनलाइनले लेखेको छ। रसुवागढी भन्सार कार्यालयले लक्ष्यको ९६ दशमलव १ प्रतिशत संकलन गरेको छ। त्यस्तै, तातोपानी भन्सारले लक्ष्य नघाएको छ। उसले लक्ष्यभन्दा १ सय ५३ दशमलव २ प्रतिशत राजस्व संकलन गरेको छ।

रसुवागढी नाकामा चैत मसान्तसम्म १३ अर्ब ९२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। जसमा १३ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ। यता, तातोपानी भन्सारले ५ अर्ब ५९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य पाएकोमा सो अवधिमा ८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ।

भारततर्फका कार्यालयले तुलनात्मक रुपमा कम राजस्व संकलन गरेका छन्। यसअनुसार भैरहवा भन्सार कार्यालयको राजस्व संकलन ५९ अर्ब ४४ करोड रुपैयाँ मात्र छ। यो लक्ष्यको ६१ दशमलव ९ प्रतिशत मात्रै हो।

त्यस्तै, विराटनगर भन्सार कार्यालयले चैतसम्म २२ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ। यो लक्ष्यको ५९ प्रतिशत हो। वीरगन्ज भन्सार कार्यालयबाट सधैँजसो धेरै राजस्व संकलन हुने भए पनि उक्त अवधिमा १ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ। यो भनेको लक्ष्यको ६२ दशमलव ५ प्रतिशत मात्र हो।

त्यस्तै, वीरगन्ज सुख्खा बन्दरगाह भन्सारको चैत मसान्तसम्मको राजस्व संकलन ३६ अर्ब ५५ करोड छ। यो लक्ष्यको ७४ दशमलव ९ प्रतिशत हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चैतसम्म १५ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको ६४ दशमलव ६ प्रतिशत हो। यीबाहेक अन्य भन्सार कार्यालयबाट पनि लक्ष्यअनुसार संकलन हुनसकेको छैन।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn