नेपाली

लुम्बिनीमा १६ सयभन्दा बढी चिनियाँ पर्यटक

criPublished: 2024-04-09 16:31:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो समय लुम्बिनीमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको छ । गत मार्चमा मात्र १ हजार ६७९ चिनियाँ लुम्बिनी भ्रमणमा आएका छन् । सन् २०२३ को मार्चमा चीनबाट २३६ पर्यटक आएका थिए । कोभिड पछि एक महिनामा यति धेरै पर्यटक आएको पहिलो पटक हो । यो वर्षको फेब्रुअरीमा ९५५ चिनियाँ पर्यटक लुम्बिनी आएका थिए । मार्चमा अघिल्लो महिनाको तुलनामा ७ सय बढि पर्यटक आएका कारोबार अनलाइनले खबर लेखेको छ।

तर चिनियाँ पर्यटक आगमन अझै कोभिड अघिको अवस्थामा पुगेको छैन । कोभिड अगाडि सन् २०१९ को मार्चमा २ हजार ३२६ चिनियाँ पर्यटक लुम्बिनी आएका थिए। तर पछिल्लो तथ्यांक हेर्दा चिनियाँ पर्यटकको संख्या बढिरहेको देखिन्छ । हालै मात्र चिनियाँ सहयोगमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव भएको छ । दुई दिने महोत्सव अन्तर्गत म्याराथन, ध्यान कार्यक्रम र कन्सर्ट भएको थियो । यस प्रकारको कार्यक्रमले लुम्बिनीका पर्यटन व्यवसायी पनि आशावादी देखिएका छन् ।

होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले चिनियाँ दूतावाससमेतको सहयोगमा भएको महोत्सवले पर्यटक आगमन थप बढ्ने आशा व्यक्त गर्नुभयो। ‘कोभिड पछि चिनियाँ पर्यटक दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । ओलम्पिक कमिटी, पर्यटन बोर्ड र चिनियाँ दूतावासले कार्यक्रम गर्‍यो’ उहाँले भन्नुभयो, ‘यसले पनि चीनमा एक खालको सन्देश गयो। यसबाट अझ चिनियाँ पर्यटक बढ्ने आशा गरेका छौं ।’ चिनियाँ पर्यटकलाई आकर्षित गर्न लुम्बिनीमा अध्यात्मिक गतिविधि बढाउनुपर्ने ज्ञवालीको भनाइ छ । उहाँले होटल व्यवसायीहरु राम्रो आतिथ्य सत्कार गर्न तयार रहेको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn