नेपाली

नेपाली सेनाद्वारा सगरमाथाको फोहोर सफा गर्ने घोषणा

criPublished: 2024-04-08 16:51:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली सेनाले सगरमाथा र अन्य चुचुरो आरोहणका क्रममा आरोहीहरूले छोडेको करिब १० टन फोहोर सफा गर्न पुनः पर्वतारोही टोली पठाउने र पाँच आरोहीको शव फिर्ता ल्याउने घोषणा गरेको छ।

नेपाली सेनाले सन् २०१९ देखि "पहाड सफाई अभियान" सुरु गरेको हो। सफा गरिएको फोहोरलाई बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल अनुरुप छुट्टाछुट्टै फाल्ने गरिन्छ।

यही महिनाको ५ तारिखसम्म यस वसन्त आरोहण सिजनमा नेपालका १५ वटा हिमाल आरोहणका लागि २६४ पर्वतारोहीलाई अनुमति दिइएको र तीमध्ये १३० जनालाई नेपालको तर्फबाट सगरमाथा आरोहण गर्न अनुमति दिइएको नेपाल पर्यटन विभागले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn