नेपाली

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

criPublished: 2024-04-07 18:47:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन वि.सं.२०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ। जिल्लाका व्यास, भानु र शुक्लागण्डकी नगरपालिकाका साथै म्याग्दे, भिमाद, देवघाट र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ। सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएकामा यो प्रभावकारी बनेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, “सामी कार्यक्रमलाई अबको आर्थिक वर्षदेखि स्थानीय तहले सञ्चालन गर्नुपर्ने अवस्था आउन लागेको छ। यो कार्यक्रम निकै प्रभावकारी बनेकाले त्यसका लागि हामी तयार छौँ।”

गण्डकी प्रदेशका जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने तनहुँ उच्च जिल्ला रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन यो कार्यक्रमले सहयोग पुगेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताउनुभयो। उहाँका अनुसार चालु आव तनहुँबाट श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या १३ हजार नौ सय ५१ छ। त्यसमध्ये महिलाको सङ्ख्या एक हजार तीन सय ९० छ। उहाँले भन्नुभयो, “गरिबी र वैदेशिक रोजगारमा आकर्षणले विदेश जानेको सङ्ख्या बढ्दो छ। यसलाई रोक्न सक्ने अवस्था छैन तर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सबै ज्ञान लिएर मात्रै जानुपर्छ। नत्रभने पछि समस्या आउन सक्छ।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn