नेपाली

लुम्बिनीमा शान्ति पर्व शुरु

criPublished: 2024-04-05 17:27:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लुम्बिनी। भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ। शान्ति पर्वको शुक्रबार उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको पोलार न्युज अनलाइनले लेखेको छ।

शान्ति पर्वअन्तर्गत शुक्रबार बिहान ध्यान शिविर आयोजना गरिएको छ। कार्यक्रमका लागि चीनदेखि कलाकार, खेलाडी, बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा पुगेका छन्।

चिनियाँ राजदूत छन सोङ्गले विश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे आफ्नो भनाइ राख्नु भएको छ। यो कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ।

नेपाल पर्यटन बोर्ड, काठमाडौंस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबारसम्म यो कार्यक्रम हुनेछ।

महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन्। साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने उहाँहरूको दावी छ।

Share this story on

Messenger Pinterest LinkedIn