नेपाली

दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने अनुमान

criPublished: 2024-04-03 18:25:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको कान्तिपुर अनलाइनले लेखेको छ।

कार्यालयले पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो। अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको कार्यालयले जनाएको छ।

जसमध्ये आवास तथा भोजन सेवासाग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ९.३ प्रतिशत र विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ रहेको प्रतिवेदनमा उल्लेख छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।

दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको कार्यालयले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn