नेपाली

विश्वका दुई करोड मानिसबीच नेपाल चिनाउने अभियान सुरु

criPublished: 2024-04-02 17:32:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा विदेशी पर्यटकहरुको संख्या बृद्धि गराउने उदेश्यले अमेरिकी सहयोग नियोग (युएसएआईडी) र नेपाल पर्यटन बोर्डको सहकार्यमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको सोमबार शुभारम्भ भएको छ। विश्वव्यापी यात्राप्रेरित कथाहरु सार्वजनिक गर्ने प्लेटफर्म स्लेटरसंगको साझेदारीमा अन्तर्राष्ट्रिय पर्यटन अभियानको दोस्रोपटक काठमाडौंमा आरम्भ भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसअघि सन् २०२३ मा अमेरिकी सहयोग नियोगले पहिलोपटक थालेको अभियानले १ करोड ६३ लाखभन्दा बढी पर्यटक तथा यात्रुहरुसमक्ष नेपालको प्रचार गरिएको थियो। त्यसबेला करिब १ करोड ५८ लाख अमेरिकी डलर बराबर मूल्य खर्च बराबरको नेपालले ‘मिडिया–भ्यालु’ प्राप्त गरेको थियो। उक्त सफलताका जगमा यस वर्षको अभियानले थप मद्यत गर्ने अपेक्षा गरिएको छ।

अभियानको दोस्रो चरणमा स्टेलरका अन्तर्राष्ट्रिय डिजिटल सामग्री सर्जकहरू सहभागी हुनेछन्। उनीहरूले काठमाडौं, पोखरा, बर्दिया र इलामजस्ता मुख्य गन्तव्य भ्रमण गरेर फर्किसकेका छन्। ती गन्तव्यमा घुम्ने क्रममा मनमोहक भिडियो र फोटोहरूमार्फत नेपालको सौन्दर्यलाई कैद गरेका छन्।

दुई करोडभन्दा बढी दर्शकसम्म पुग्ने अपेक्षा गरिएको यस अभियानको उद्देश्य पर्यटक आगमनलाई प्रोत्साहित गर्नु र नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थान दिनु रहेको छ।

अभियानको शुभारम्भ समारोहमा बोल्दै अमेरिकी राजदूत डिन थम्पसनले नेपालको विविध भबूनोट, समृद्ध जैविक विविधता र जीवन्त संस्कृतिका कारण उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा यस मुलुकको अथाह सम्भावना रहेको बताउनुभयो। राजदूत थम्पसनले नेपालको पर्यटन क्षेत्रका लागि युएसएआईडीको अटुट सहयोग रहेको उल्लेख गर्दै समावेशी, दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn