नेपाली

तातोपानीबाट नौ वर्षपछि ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश

criPublished: 2024-04-02 17:31:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको उत्तरको दोस्रो ठूलो भन्सार तातोपानी नाकाबाट ट्रेलर कन्टेनर चिनियाँ बजार प्रवेश गर्न थालेका छन्। तातोपानी हुँदै दिनहुँ दर्जनौं खाली कन्टेनर सामाग्री ल्याउनका लागि चिनियाँ बजारको मोडक्षेत्रमा पुग्न थालेका कान्तिपुर अनलाइनले लेखेको छ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यका अनुसार हाल खासा बजार पुनर्निर्माण भइरहेकाले रमितेभन्दा केही तलको भूभागमा आयात सेन्टरको यार्डमा सवारी र चालकलाई जान दिइएको हो।

आहिलेसम्म औपचारिक पत्र या विवरण नआएपनि रमितेभन्दा राखेर नेपाली भ्यानमा सामान पल्टी गर्ने दिइने अनौपचारिक खबर जारी रहेको उहाँले बताउनुभयो। ‌औपचारिक त्यस्तो त केही पाइएको छैन, तर यअसघिका बैठक तथा छलफलबाट चीन सकरात्मक भएर अघि बढेको देखिन्छ, चिनियाँ बजारको मोडक्षेत्रसम्म ट्रेलर कन्टेनर गइरहेका छन्,क्रमशः यो सुधारोन्मुख छ,' प्रजिअ आचार्यले भन्नुभयो।

चीनको सिगात्सेबाट १३ दशलव ७५ लामो ट्रेलरलाई आयात यार्डमा स्थान निश्चित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ। करिब दुई वर्षलाई लक्षित गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिएको छ।

भूकम्प र पराकम्पपछि नाका ठप्प हुँदा खासासहित रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजार सुनसान र उजाड बनेका थिए। त्यसउता नेपाली कन्टेनर र भ्यान चिनियाँ बजार जान पाएका थिएनन्। अहिले कन्टेनर र स्थानीय चिनियाँ बजार भित्रन थालेयता रमितेक्षेत्रमा होटेल र पसल खुल्न थालेका छन्।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयातलाई चीनले फराकिलो बनाएसँगै निर्यातमा केही सुधार आएको बताउनुभयो। तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्। कन्टेनर पारी पुगिरहँदा निर्यात थपिँदैछ, आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामाग्री आएका छन्,' केसीले भन्नुभयो।

खासामा चल्ने कन्टेनर भूकम्पले नाका बन्द भएयता अधिकाशं रसुवागढी नाकामा दर्ता भएर सञ्चालित छन्। अब ती गाडीको थर्ड पार्टी इन्स्युरेन्स केरुङ र खासा दुवैमा दर्ता गर्नुपर्ने प्रावधान छ। नेपाल ट्रक कन्टेनर तथा ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाकाअनुसार केरुङमा दुईसय ८१ र तातोपानीमा दुईसय कन्टेनर चलिरहेका छन्। जसमा २० वर्ष पूराना चार सय वटा कन्टेनर भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर चलाउन आहृवान गरिएको उहाँले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn