नेपाली

लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसमा नेपाली र चिनियाँ संगीतकर्मीको जमघट हुने

criPublished: 2024-03-31 15:41:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लुम्बिनीमा आगामी अप्रिल ५ तारिख लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक शान्ति समितिसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गर्ने भएको हो।

लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसकै सेरोफेरोमा लुम्बिनी शान्ति कन्सर्ट पनि गरिनेछ। कार्यक्रमले नेपाल र चीनबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखिएको छ। कार्यक्रममा विश्व प्रख्यात गायिका आनी छोयिङ डोल्मा, चिनजानका चिनियाँ गायक तथा संगीतकार तथा लुम्बिनीका परम्परागत संगीतकारहरुको प्रस्तुती रहनेछ।

प्रस्तुतीमा सहभागी हुने गायिका आनी छोइङ डोल्मा नेपाल सहित विश्वभर नै धार्मिक गायिकाका रुपमा परिचित हुनुहुन्छ। भिक्षुणीको रूपमा उहाँले सकेसम्म संवेदनशील प्राणीहरूलाई फाइदा पुर्‍याउन र भिक्षुणीहरूको उन्नतिका लागि आफ्ना सबै क्षमताहरू प्रयोग गर्ने इमानदार इच्छा विकास गर्नुभएको छ। आनीले केटीहरूलाई अध्ययन गर्न र उनीहरूको आफ्नै क्षमताहरू विकासका लागि अवसरहरू सिर्जना गर्नका लागि आफ्नो जीवन शिक्षकको दर्शनमा समर्पित गर्नुभएको छ।

कुनै औपचारिक सांगीतिक तालिम नपाएपनि सानैदेखि गीत गाउन रुचि राख्ने आनीले अमेरिका र युरोपको भ्रमण गरी हिमालयन बौद्ध मन्त्र, अनुष्ठान जप र नेपाली संगीतलाई विश्वमाझ फैलाउनुभएको छ भने हालससम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा १६ वटा एल्बमहरू निकालिसक्नुभएको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सम्मानित मानवतावादी नारी आनीले सन् २०१४ मा दुई कार्यकाल नेपालका लागि युनिसेफको पहिलो राष्ट्रिय सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको थियो।

प्रस्तुतीमा सहभागी हुने मुख्य भूमि चीनकी मङ्गोलियन महिला गायिका वुलान थुयाको जन्म सन् १९८३ सेप्टेम्बरमा भएको थियो। उहाँले चीनको जातीय विश्वविद्यालयको भोकल संगीत विभागबाट स्नातक गर्नुभएको हो। अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनकी एकल गायक, अल्पसंख्यक संगीत संघको सदस्यका अलावा उहाँ चीन स्वयंसेवक संघको पनि सदस्य हुनुहुन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn