नेपाली

सफल भयो नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा ‘रिफ्युलिङ’

criPublished: 2024-03-31 15:42:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ (इन्धन भर्ने काम) सफल भएको छ। काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरी गाडीमा इन्धनको रुपमा गरेको प्रयोग सफल भएको हो। नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन प्रयोगशाला सञ्चालनमा ल्याएको थियो। उक्त प्रयोगशालाले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी र रिफ्युलिङ मेसिन ल्याएको थियो।

‘नेपालमा एउटा इतिहास बनेको छ। पहिलो पटक हाइड्रोजन उत्पादन भई गाडीमा रिफ्युलिङ भएको छ’, प्रयोगशालाका प्रमुख डा. विराज सिंह थापाले भन्नुभयो, ‘नेपालको लागि आज हाइड्रोजन दिवस हो।’

नेपालखबर अनलाइनका अनुसार पानीबाट हाइड्रोजन उत्पादनको लागि विद्युत् आवश्यक पर्छ। विश्व बजारमा नयाँ ऊर्जाको रुपमा हाइड्रोजन विकास भइरहँदा नेपालको सम्भावना बढी छ।

सरकारले हाइड्रोजनसम्बन्धी नीति बनाइसकेको छ। अब हाइड्रोजनसम्बन्धी ऐन र नियमावली बनाई नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ।

नेपालमा हाइड्रोजनको गाडी भित्रिए पनि आवश्यक कानुन नहुँदा गाडीमा नम्बर प्लेट राख्नै अप्ठ्यारो छ। थापाले पानी र विद्युत् नेपालकै आफ्नै उत्पादन भएकाले हाइड्रोजनमा नेपालले नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn