नेपाली

उपप्रधानमन्त्री श्रेष्ठ र सीपीसी तिब्बतका वाङबीच भेटवार्ता

criPublished: 2024-03-30 15:36:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नौ दिन लामो चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत क्षेत्रीय स्वायत्त समिति सचिव वाङ च्युनचङसँग भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरु बीच आपसी हितका विषयमा छलफल भएको थियो ।

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले यसअघि नै बेइजिङमा द्विपक्षीय भ्रमण पूरा गरिसक्नुभएको छ।

उपप्रधानमन्त्री श्रेष्ठको नेपालमा पनि महत्वपूर्ण काम नभएकोले चीनको लामो भ्रमणमा रहेको परराष्ट्रका एक अधिकारीले बताए। उनका अनुसार लगानी सम्मेलनलाई गर्नुपर्ने महत्वपूर्ण कामको तयारीमा अर्थमन्त्री वर्षमान पुनले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशस्थित नियोगहरुसँग समन्वय गरिरहेका छन् । त्यहीअनुसार अर्थमन्त्री पुनले विदेशी नियोगहरुसँग शुक्रबार लगानी सम्मेलनलाई लिएर कार्यक्रम संचालन गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

उप्रप्रधानमन्त्री श्रेष्ठ भने अझै मानसरोवर घुमेर छङ्तु हुँदै नेपाल आउने कार्यक्रम छ। उहाँ चैत १९ मा मात्र नेपाल आइपुग्ने कार्यक्रम छ।

Share this story on

Messenger Pinterest LinkedIn