नेपाली

जलवायु परिवर्तनबाट कृषिमा पर्ने प्रभाव न्यूनीकरणमा सहकार्य

criPublished: 2024-03-29 15:47:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कोरियाका कोपिया सेन्टरबिच सहकार्य हुने भएको छ । नार्क अन्तर्गतका राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका वैज्ञानिक र कोरियाका कृषि मन्त्रालय अन्तर्गतको कोपिया सेन्टरका वैज्ञानिकबिच भएको छलफल छ । सो छलफलका आधारमा जलवायु अनुकूलन प्रविधि विकासमा सहकार्य गर्न सहमति भएको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले बताउनुभयो । कोरियाका वैज्ञानिक डा. चाङसब लीको नेतृत्वमा आएको वैज्ञानिक र नार्कका वैज्ञानिकबिच जलवायु परिवर्तनका विभिन्न आयामको विषयमा छलफल भएको र त्यसमा एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ, त्यसको क्षेत्र छनोट गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

नेपालका लागि जलवायु परिवर्तन निकै चुनौतीपूर्ण रहेको र नेपाल रिस्क जोनमा रहेको बताउँदै प्रमुख भट्टराईले त्यस अनुकूल के कस्ता प्रविधिको विकास गर्न सकिन्छ, त्यसमा कोरिया सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो। चैत महिनामा यो खालको वर्षा पहिला हुँदैनथ्यो, जुनबेला पानीको आवश्यकता थियो त्यो बेला परेन, अहिले आवश्यकता नभएका बेला पानी परिरहेको छ । यो पनि कृषिका लागि चुनौती रहेको बताउँदै उहाँले यस्तो अवस्थामा के प्रविधिका विकास गर्न सकिन्छ, त्यसमा कोरियासँग सहकार्य हुने बताउनुभयो।

नेपाल क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजी विकासका लागि के के गर्न सकिन्छ, त्यसबारे सहकार्य गर्न दुवै देशका कृषि वैज्ञानिकले छलफल गरेर कार्यलाई अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । त्यसका लागि अध्ययन गर्न दुवैतर्फ एउटा कार्यदल बनाउने सहमति भएको छ, नार्कका तर्फबाट वैज्ञानिक डा. प्रदीप साहको नेतृत्वमा कार्यदल गठन गरिएको उहाँले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn