नेपाली

आइपियू सभामा नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठाएको सभामुखको दाबी

criPublished: 2024-03-29 15:50:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघ (आइपियू) को सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ। १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनुभयो।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीतिः शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्का तर्फबाट सम्बोधन गर्नुभएको थियो।

कान्तिपुर अनलाइनका अनुसार महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए । यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए।

Share this story on

Messenger Pinterest LinkedIn