नेपाली

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा भेटवार्ता, चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड

criPublished: 2024-03-27 15:14:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भने सामान्य छलफल मात्र भएको छ । चीनले नेपाललाई बीआरआई कार्यान्वयन योजना सम्झौताका लागि आग्रह गरे पनि हालसम्म अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका दौरान दुवै पक्षले बीआरआईलाई गति दिन प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुई पक्षले परामर्श गरी छिट्टै बीआरआई कार्यान्वयन योजनाको प्रस्तावलाई अन्तिम रूप दिनेबारे त्यस बेला जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईका सम्बन्धमा भने नेपालका तर्फबाट धारणा राख्नुभयो। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ । नेपाल बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माणका लागि चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ,’ उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसको जवाफमा विदेशमन्त्री वाङले चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, दुई पक्षबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न र आपसी रणनीतिक सहकार्यको साझेदारीलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn