नेपाली

हिमाल आरोहणका लागि धमाधम अनुमति लिंदै

criPublished: 2024-03-26 15:31:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ। यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन्। यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ।

विभागले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार सात सय ५० अमेरिकी डलर दस्तुर तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार दुई सय ५० रूपैयाँ प्रतिव्यक्ति शुल्क तोकको छ।

हाल सरकारले जम्मा चार सय पाँच वटा हिमाल खुला गरेको छ। कुल चार सय पाँच हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ।

विभागका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीबाट आठ जनाले विभागबाट अनुमति लिएका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn