नेपाली

चीनतर्फको निर्यातमा सुधार, एकै वर्ष चार गुणाले बढ्यो

criPublished: 2024-03-25 16:12:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यसैबीच अन्तर्राष्ट्रिय व्यापारमा भारतपछिको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको चीनमा निर्यात सुधार देखिए पनि आयातको तुलनामा त्यो अत्यन्त न्यून देखिन्छ । फागुनसम्म नेपालले चीनबाट एक खर्ब ९४ अर्ब ८७ करोड रुपियाँको वस्तु आयात गरेको छ । यस हिसाबले व्यापार घाटा मात्रै एक खर्ब ९३ अर्ब रुपियाँ छ । आयात र निर्यातको अनुपातमा चीनसँगको व्यापार घाटा नेपालका अन्य अन्तर्राष्ट्रिय व्यापार साझेदारको तुलनामा भने सबैभन्दा उच्च हो ।

आयातमा दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक भए पनि निर्यातमा भने चीन उक्त अवस्थामा छैन । फागुनसम्म कुल एक खर्ब रुपियाँको वस्तु निर्यात गरेको नेपालका लागि चीन ठुलो निर्यात बजार भने बन्न सकेको छैन । निर्यातको हिसाबले भारतबाहेक चीनभन्दा संयुक्त राज्य अमेरिका, जर्मनी र बेलायत ठुला साझेदार बनेका छन् । चीन निर्यात बजारको हिसाबले नेपालको पाँचौँ ठुलो व्यापारिक साझेदार रहेको छ जुन अघिल्ला वर्षमा प्रमुख पाँच निर्यात गन्तव्यको रूपमा भने थिएन ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn