नेपाली

सुनकोशी मरिन डाइभर्सन को १२ किलोमिटर सुरूङ ‘ब्रेक थ्रू’को तयारीमा

criPublished: 2024-03-24 16:38:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तराई-मधेशमा १२ महिना नै सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित रुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

‘सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ। कुनै भौगर्भिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौं’, आयोजना प्रमुख बरालले भन्नुभयो।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिनु भएको छ। निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिंचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।

यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिनु भएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारी रुपमा अगाडि बढेको हो।

प्रधानमन्त्री प्रचण्डले नियमित रुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ। प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमानदार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ। त्यसको खास उदाहरण बन्न सफल भएको छ, सो आयोजना।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn