नेपाली

नेपालमा होली पर्वमा चिनियाँ पर्यटकहरुको सक्रिय सहभागिता

criPublished: 2024-03-24 16:36:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको काठमाडौँ उपत्यका र पहाडी जिल्लामा आज मार्च २४ तारिख आइतबार धुमधामसँग होली अर्थात् फागुपूर्णिमा मनाइएको छ। होलीलाई रङको पर्व पनि भनिन्छ। नेपालको तराई क्षेत्रमा चाहिँ सोमबार मात्र होली मनाउने प्रचलन रहेको छ।

काठमाडौँको वसन्तपुरमा मानिसहरु जम्मा भएर होली मनाएका छन्। त्यहाँ होली मनाउन नेपाली मात्र नभएर विदेशी पर्यटकहरु पनि भेला भएका छन्। विदेशी पर्यटककमा चिनियाँले सबैको ध्यान तानेको रातोपाटी अनलाइनले लेखेको छ।

चिनियाँ पर्यटकले रङ्गीबिरङ्गी रङ लगाएर होली मनाउँदै फोटो खिचाएका छन्। नेपालका विभिन्न साँस्कृतिक उत्सवहरुमा चिनियाँ पर्यटकहरु सहभागी हुँदा चीनमा नेपालको राम्रो प्रचारप्रसार हुने गरेको छ। चिनियाँहरुले नेपालमा होलीपर्व मनाएका फोटो तथा भिडियोहरु वीच्याट तथा विभिन्न चिनियाँ माइक्रोब्लगमा राखेपछि होलीप्रति चिनियाँको चासो बढेको हो।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

Share this story on

Messenger Pinterest LinkedIn