नेपाली

कर्णालीमा ३७ प्रतिशतले गर्छन् उमेर नपुगी विवाह

criPublished: 2024-03-22 16:18:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको कर्णाली प्रदेशका अधिकांश बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्। नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। तर, कर्णाली प्रदेशमा १८ वर्ष नपुग्दै विवाह गर्नेहरूको संख्या अत्यधिक रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

कर्णाली प्रदेशभर ३७.९ प्रतिशत बालविवाह दर रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ। राज्यले बालविवाह न्युनीकरणका लागि विभिन्न प्रकारका कानुन तथा जनचेतनाका कार्यक्रमलाई व्यापक बनाएको दाबी गरेको छ। यति मात्रै हैन कर्णालीका अधिकांश स्थानीय तहले बालविवाह न्युनीकरणका लागि अनिवार्य सिफारिस लिने कानुन नै बनाएर लागू गरेका छन्। तर, त्यो व्यवहारमा लागू हुन सकेको छैन।

बालविवाह रोक्न कर्णालीमा दर्जनौं संघसंस्थाहरू सक्रिय छन्। तर, तथ्याङ्कले संघसंस्थाको बालविवाह रोक्नका लागि गरेको मेहनत खेर गएको देखाउँछ। कर्णाली प्रदेशको जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ। सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले विवाह गर्ने गरेका छन्। सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम परेको छ। रुकुमपश्चिममा ४२.३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाउँछ।

यस्तै, जाजरकोटमा ४०.८, सुर्खेतमा ३८.७, मुगुमा ३५.९, डोल्पामा ३२.१, हुम्लामा ३३.७, जुम्लामा ३४.७, दैलेखमा ३५.२ र कालिकोटमा २८.१ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्।

कर्णालीमा बालविवाहको दर, वासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाएको छ। यस्तै, कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ। कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता पनि दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn