नेपाली

वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता

criPublished: 2024-03-22 16:16:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उहाँका अनुसार श्रम कार्यालय ताहचलबाट हुने श्रम स्वीकृतिलाई छिटोछरितो बनाउन सोमबारदेखि नै बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा कर्मचारी खटाएर काम सुरु गरिएको छ।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ। सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीले बताएका छन्। यसका कारण श्रमिकले हैरानी खेप्नु परेको छ। समयमा श्रम स्वीकृति नहुँदा कतिपयको फ्लाइटसमेत छुट्ने गरेको गुनासो छ।

यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रुपियाँ खर्च गर्ने निर्णय गर्नुभएको थियो तर नियमविपरीत कोषको पैसा दुरुपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो।

पत्रकारसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशमा कारागार, अस्पतालमा उपचाररत, उद्धारको पर्खाइमा रहेका र रोकिएका नेपाली श्रमिकका शव अवस्थाका बारेमा तत्काल जानकारी गराउन वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो। वैदेशिक रोजगारीका क्रममा रहेका श्रमिकको अवस्थाका विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै उहाँले श्रमिक कारागारमा बन्दी हुनुको कारण, समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिइसकेका छौँ भन्नुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn