नेपाली

सातौं प्रादेशिक महोत्सव नेपालगन्जमा

criPublished: 2024-03-15 16:51:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालगन्जमा सातौं औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव हुने भएको छ । स्थानीय लघु घरेलु तथा साना उद्योगद्वारा उत्पादित विभिन्न वस्तुहरूको बजारीकरणका लागि प्रादेशिक औद्योगिक महोत्सव हुने भएको हो। आगामी यही चैत ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी दियो।

महासंघ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कस्थित खुला मैदानमा महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित विभिन्न बस्तु बजारीकरणका लागि प्रदेश स्तरको महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवं महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिको सह–आयोजनामा हुने महोत्सवमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यासलगायतका ३०० वटा स्टल हुनेछन् । लघु घरेलु तथा साना उद्योगका उद्योमीलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने आजोजकको भनाइ छ । ‘कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यासलगायतका सामग्री प्रदर्शनीमा राखिनेछ,’ अध्यक्ष खड्काले भनिन्, ‘स्थानीय तथा राष्ट्रिय कलाकारले पनि हरेक दिन सांगीतिक मनोरञ्जन प्रदान गर्नेछन् ।’

महोत्सवमा १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा दुई करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ। महोत्सवमा देश भित्रका कृषि, वनपैदावार, हस्तकला, उर्जा, वायोग्यासलगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल पनि रहने कारोबार अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn