नेपाली

नेपाल चिया परियोजनाका लागि सीएफआरडीले चीनबाट भित्र्याउँदै चिया प्रशोधन औजार

criPublished: 2024-03-14 16:35:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले नेपाल चिया परियोजनाका लागि चीनबाट चिया उत्पादन औजारको शिपमेन्ट सुरु गरेको छ। मंगलबार उक्त संस्थाले एक कार्यक्रम गर्दै चीनमा टि मेसिनरी लन्चिङ कार्यक्रममार्फत उक्त सुरुवात गरेको नेपालखबर अनलाइनले खबर लेखेको छ।

चिनियाँ सहर छङ्तुको लसनमा एक समारोहको आयोजना गर्दै उक्त कार्यक्रम गरिएको थियो। सो अवसरमा सिचुआन देङग्याओ मेसिनरी इक्विपमेन्ट कम्पनी लिमिटेडमा उक्त कार्यक्रम गरिएको थियो।

कार्यक्रममा लिसन आर्थिक सहकार्य तथा विदेश मामिला ब्युरोकी उपनिर्देशक चेन यिंग्ली, कम्पनीका महाप्रबन्धक तथा पार्टी शाखा सचिव लि देङग्याओ र सीएफआरडीको नेपाल कार्यालय निर्देशक चौ च छ्याङ उपस्थित थिए।

समारोहमा उपस्थित सबैले नेपाल चिया परियोजनाका लागि धन्यवाद ज्ञापन गरेका थिए। उनीहरुले चीनका चिया उद्योगका ज्ञान नेपालमा ल्याउनलागेकामा खुसी व्यक्त गरेका थिए। नेपाली चिया किसानलाई यसले धेरै सहयोग हुने उनीहरुको भनाइ थियो।

समारोहमा सीएफआरडीको नेपाल कार्यालयले तयार गरेको एक प्रवर्द्धनात्मक भिडिओ समेत देखाइएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn