नेपाली

बाराको सिमरामा बनेको विशेष आर्थिक क्षेत्रमा भारतीय र चिनियाँ लगानीका उद्योग

criPublished: 2024-03-13 16:20:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘ए’ ब्लकमा रहेका ६८ वटा प्लटमा दुई वर्षभित्र कारखाना सञ्चालन गर्र्ने शर्तमा उद्योगहरुले अनुमति पाएका थिए। यी उद्योगमा ८ अर्ब ७५ करोड लगानी हुनेछ भने करिब तीन हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् । उद्योगहरुले वार्षिक २४ अर्ब ५५ करोडको निर्यात गर्ने प्राधिकरणले जनाएको छ। उद्योग सञ्चालनका लागि चाहिने उपकरण, मेसिन, औजार, पार्टपुर्जा र कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था छ। यसैगरी प्राधिकरणले २ वर्ष निर्यात गर्नु नपर्ने, तेस्रो वर्षदेखि २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौं वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ ।

कुल ८ सय ३३ बिघा क्षेत्रफल रहेको ५ वटा ब्लकमध्ये सेजले ‘ए’ब्लकमा प्रशासनिक भवन, दुषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाँटा, सुरक्षा, क्यान्टिन र विद्युतीकरण लगायतका संरचना सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ। पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका सभापति सञ्जय साहले सेजमा उत्पादनको तयारीमा पुग्दै गरेका उद्योगलाई प्राधिकरणले सुरक्षा व्यवस्था गर्न ढिलो भइसकेको बताउनुभयो। सेजमा निर्माण भएको प्रशासनिक भवनमा कर्मचारी व्यवस्थापन, बैंक तथा भन्सार तत्काल व्यवस्था गर्न उद्योगीले माग गरेका छन् ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn