नेपाली

बस्ती आउने गैंडालाई वनमा सार्दै चितवन राष्ट्रिय निकुञ्ज

criPublished: 2024-03-13 16:25:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यसैगरी अर्को पटक थप तीनवटा गैंडा पश्चिमबाट पूर्व ल्याउने योजना पनि रहेको उहाँको भनाइ छ । चितवनबाट पटक पटक गरेर बर्दिया र शुक्लाफाँटामा गैंडाहरू लगिएको छ। त्यसै गरी गएको असोजमा कोशी टप्पुमा पनि दुईवटा बच्चा गैंडा चितवनबाट पठाइएको थियो । ति गैंडा सानैमा उद्धार गरेर सौराहामा मान्छेको रेखदेखमा हुर्केका थिए ।

कोशीमा चितवनबाट ‘मेघौली’ नाम गरेको अर्को भाले गैंडा पनि पठाउने तयारी छ। असोजमा पठाएका दुवै गैंडा पोथी हुन्। ‘मेघौली’ जंगलमा बस्न नै मान्दैन । सौराहा बजार क्षेत्र र खेत र टोलमा डुल्ने गर्दछ । जसका कारण मान्छेहरू यो गैंडाको नजिकै गएर झुम्मिने, फोटो खिच्ने र उस्तैले छुने जिस्काउने गरेर हैरान पारेका छन् ।

चितवनमा पाइने ‘ठूलो एकसिंगे गैंडा’ विश्वबाट लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । त्यसैले सरकारले संरक्षणका लागि कडा कानुन बनाएको छ । गैंडा मारेमा, यसको अंगको कारोबार गरेमा वा ओसार पसार गरेमा पनि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अर्को तर्फ गैंडासँग जम्काभेट हुँदा आक्रमणमा परेर निकुञ्ज र आसपासमा वर्षेनी मान्छेको मृत्यु र अंगभंग हुने घटना पनि भइरहेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn