नेपाली

बजेट पर्याप्त पाए सूर्यविनायक–धुलिखेल सडक समयमा सकिने

CRIPublished: 2024-03-10 16:02:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालभरका आयोजना निर्माण व्यवसायीका कारण अलपत्र बनिरहेको अवस्थामा सूर्यविनायक धुलिखेल सडक खण्डमा भने व्यवसायीका कारण अहिलेसम्म काम रोकिएको छैन। पछिल्लो समय पर्याप्त बजेट नभएर मात्र सडक विस्तारको गति कम हुन पुगेको छ। सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर विस्तार गर्न २०७९ मंसिर अन्तिमदेखि सुरु भएको हो। आयोजनाले यो दुरीलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तार गरिरहेको छ। त्यसमध्ये काम सुरु भएको १५ महिनामा एउटा खण्डको भौतिक प्रगति २२ र अर्कोको १५ प्रतिशत पुगेको कारोबार अनलाइनले लेखेको छ। छोटो समयमै भौतिक प्रगति राम्रो हुनुले सरकारले बजेट दिए लक्षित समयमा आयोजना पूरा हुने देखिन्छ। आयोजनाका अधिकारीहरु पनि पर्याप्त बजेट दिए समयमा सडक विस्तारको कार्य सकिनेमा ढुक्क छन्।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले सरकारले पयाप्त बजेट विनियोजन गरे यो सडक विस्तार समयमा सक्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार यो सडकमा नालीका काम दुवै खण्डमा पूरा भएको छ, तर बजेट अभावले भुक्तानीमा समस्या आएको छ। उहाँले भन्नुभयो, ‘आयोजाको काम अगाडि बढिरहेको छ। तर, बजेट अभाव छ। यसले गर्दा कामले गति लिन सकेको छैन। पर्याप्त बजेटको व्यवस्था भए समयमै काम सकिनछ।’

चालु आवमा यो आयोजनाका लागि ५४ करोड रुपैयाँमात्र बजेट विनियोजन गरिएको छ। आगामी वर्ष पनि यो आयोजनाले पर्याप्त बजेट पाउने सम्भावना कम छ। आगामी वर्षका लागि बन्दै गरेको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयलाई नै कम बजेट दिइएको छ। सम्झौताअनुसार निर्माणको जिम्मा पाउने कम्पनीले ३ वर्षभित्रमा निर्माण पूरा गर्नुपर्ने शर्त राखिएको छ। जापानी सहयोग नियोग (जाइका) यो सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट निर्माण थालेको हो। आयोजनाका अनुसार पहिलो खण्ड भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म हो। यो खण्डमा ७.५ किलोमिटर सडक पर्छ। यो खण्ड ६ लेनको बन्नेछ। मुख्य सडक ४ र सर्भिस लेन २ लेन निर्माण भइरहेको छ। यो खण्ड निर्माणका लागि आशिष-कुमार श्रेष्ठ-बन्धन भगवती जेभीसँग सम्झौता भएको थियो। यसको लागत ३ अर्ब ८९ करोड ९३ लाख पर्नेछ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn