नेपाली

'भ्यालेनटाइन डे'को अवसर पारेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा पाँचदिने फुड फेस्टिभल

CRIPublished: 2024-02-12 15:57:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रणय दिवस अर्थात 'भ्यालेनटाइन डे'को अवसर पारेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबारदेखि पाँचदिने फुड फेस्टिभल सुरु भएको छ । 'भ्यालेन्टाइन डे' फेब्रुअरी १४ तारिख (फागुन २ गते) मा पर्छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहाले आयोजना गरेको फेस्टिभलको चितवन–१ का सांसद हरि ढकालले उद्घाटन गर्नुभयो।

रेबानका अध्यक्ष ध्रुव गिरीका अनुसार रेबनाले १७ वर्षदेखि भ्यालेन्टाइन डेमा फुट फेस्टिभल आयोजना गर्दै आएको छ । ‘भ्यालेन्टाइन डेमा पर्यटकीय क्षेत्रमा युवा पुस्ताको राम्रै जमघट हुन्छ । खाना र संगीतमा सबै उमेर समूहका व्यक्ति रमाउने गर्छन् । त्यसैले हामीले भ्यालेन्टाइन डेमा सांगीतिक माहोलमा खाना महोत्सव गर्दै आएका हौं,’ अध्यक्ष गिरीले भन्नुभयो।

फेस्टिभलले पछिल्ला वर्षमा शिथिल भएको पर्यटन व्यवसायलाई उकास्न मद्दत पुग्ने पनि गिरीले बताउनुयभो। फेस्टिभलमा स्थानीय आदिवासी जनजातिको खाना प्रदर्शन गर्नुका साथै रैथानेदेखि स्वदेशी अन्य परिकार र विदेशका परिकार पनि खान पाइने फेस्टिभलका कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो।

सौराहा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक पुग्ने मुख्य ठाउँ हो । निकुञ्ज घुम्ने अधिकांश पर्यटक सौराहा हुँदै जंगल छिर्छन् । त्यसैले फेस्टिभल पर्यटन बिस्तारका लागि सहयोगी हुने, खाना र यहाँको समुदायको सांस्कृतिक झाँकीले स्थानीयको पहिचान उजागार हुने अपेक्षा छ । कान्तिपुर अनलाइनका अनुसार फुड फेस्टिभलको उद्घाटनअघि आदिवासी थारुसहित अन्य जातजाति समुदायको सांस्कृतिक झाँकी निस्केको थियो।होटलहरु लहरै रहेको सौराहाको मूल सडक भन्दाभित्र खाना महोत्सव आयोजना भएको छ। महोत्सवस्थलसम्म पुग्ने बाटोलाई विशेष तरिकाले सिङ्गारेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn