नेपाली

पोखरामा 'इन्टरनेशनल योग फेस्टिभल'

criPublished: 2023-12-18 17:02:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल सुरु भएको छ । सोमबारदेखि काहुँडाँडामा तीन दिनसम्म योग फेस्टिभल चल्नेछ। फेस्टिभलमा योगासन (ह‍ठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशप, नाद योग, फायर शोलगायतका कार्यक्रम हुनेछ ।

माछापुच्छ्रे, धौलागिरीसहित अन्नपूर्ण हिम शृङ्खलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाएका छन्।

इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन (विन्यास योगा), योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन), डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार योग कनेक्शनको आयोजना फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा-११ को सहयोग छ।

Share this story on

Messenger Pinterest LinkedIn