नेपाली

नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि

criPublished: 2023-12-18 17:06:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सरकारप्रतिको निराशाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आफ्नो पछिल्लो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.२ प्रतिशतले बढेको जनाएको छ ।

'नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट' नाम दिएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा गएको उल्लेख छ।

जिफन्ट उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख रमेश बडालले सरकारसँग निराश हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको जिकिर गर्नुभयो। उहाँले हालको संख्याअनुसार ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्बमात्रै भित्रिएकोले हराइरहेको ३८ खर्बको खोजी गरिनुपर्ने बताउनुभयो…उहाँका अनुसार बढ्दो वैदेशिक रोजागारी र खस्कँदो रेमिट्यान्सको स्थितिलाई अहिलेको सरकारको नीतिले सम्बोधन गर्न नसकेको हो।

कान्तिपुर अनलाइनका अनुसार प्रतिवेदनमा विभिन्न ७७ देशका २० हजार श्रमिकहरूले श्रमस्वीकृति लिएर नेपालमा काम गरिरहेकाले नेपाल श्रमिक आयतक मुलुक बन्दै गएको उल्लेख छ । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्यांक सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn