नेपाली

स्वदेशी र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गरिने नेपालका अर्थमन्त्रीको भनाइ

criPublished: 2023-11-28 17:49:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सम्मेलनको तयारीको समय निकै कम भएकोले रातदिन खटेर काम गर्नुपर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका परियोजना भएको तर अन्य क्षेत्रमा अध्ययन कम भएको बताउनुभयो।

सरकारले दिने सुविधा बारे बढी तयारी गर्नुपर्ने वाणिज्य सचिव नारायण दुवाडीले जोड दिनुभयो। उहाँले ऐनले दिएको सुविधाले पूर्ण विश्वास आर्जन गर्न नसकेको भन्दै लगानीकर्तालाई विश्वस्त पार्न अनुसन्धानमूलक हिसाबले आयोजनाको अध्ययन गर्न जोड दिनुभयो।

लगानी बोर्डका पूर्वअध्यक्ष राधेश पन्तले सम्मेलन रिजल्ट ओरियन्टेड हुनुपर्नेमा जोड दिनुभयो। उहाँले हेजिङ कार्यान्वयनयोग्य बनाउनुपर्ने, साख रेटिङ गर्नेमा जोड दिनुभयो। तत्काल १० वटा समस्या समाधान गर्न, लगानी बोर्डलाई बलियो बनाउन, स्थायी कर्मचारीको व्यवस्था गर्न उहाँले जोड दिनुभयो।

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलन गर्नुभन्दा अगाडि पहिला सानो सम्मेलन गर्न आग्रह गर्नुभयो।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचाहरू पूरा नभएको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स उपाध्यक्ष कमलेश अग्रवालले के–के गर्न सक्छौँ त्यो पनि तयारी गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेतर्फ केन्द्रित हुन जोड दिनुभयो। उहाँले कसरी लगानी भित्र्याउने भनेर चिन्ता भएको बेलामा लगानी सम्मेलन हुनु खुसीको कुरो भएको बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn