नेपाली

गत वर्ष गएकउनदउ ३२२ वटा उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रतिबद्धता

criPublished: 2023-11-27 16:06:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ३२२ वटा उद्योग दर्ता भएको छ। जसमा २ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको थियो। यस्तै आर्थिक वर्ष २०७९/८० मा कुल ३२६ वटा उद्योगमा ३६ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको थियो। त्यसबाट १६ हजार ९६५ जनालाई रोजगारी प्रस्ताव गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

नवौं उद्योग दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। औद्योगिक क्रान्तिमार्फत् नै मुलुकलाई समृद्धिमा लैजाने सकिने उहाँको भनाइ छ। कार्यक्रममा उद्योग सचिव नारायणप्रसाद शर्मा दवाडीले हचुवाको भरमा नभई तथ्याङ्कका आधारमा उद्योगीले कन्फिडेन्स गुमाइरहेको सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले पहिला केन्द्रमा मात्रै उद्योग दर्ता हुने भएपनि प्रादेशिक औद्योगिक विकास ऐन लागु भइसकेपछि केन्द्रमा उद्योग दर्ता घट्दै गएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जीडीपीमा उद्योगको योगदान क्रमश : घट्दै गइरहेको छ भन्दै स्थापित उद्योग समेत ३०/४० प्रतिशत क्षमतामा चलिरहेको बताउनुभयो। ‘उद्योगसम्बन्धी कानुनलाई अन्य मन्त्रालय तथा निकायका कानुनले काट्छ,’ उहाँले भन्नुभयो, ‘उद्योगसम्बन्धी कानुनले पूर्णरुपमा काम गर्न सकेको छैन। त्यसैले अन्य मन्त्रालय तथा निकायले नकाट्ने कानुन आवश्यक छ।’

उद्योगलाई प्रवर्धन गर्ने नीति छाडेर आयात प्रोत्साहन गर्ने नीति हुँदा परनिर्भर बन्दै गएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाललले बताउनुभयो। ‘देशको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा उद्योगहरुको योगदान घट्दै गइरहेको छ। यसमा गम्भिर भएर मूल्यांकन र समीक्षा समेत गर्नुपर्ने आवश्यकता,’ उहाँले भन्नुभयो, ‘सरकारको नीति आन्तरिक उत्पादन बढाउने तथा त्यसको उपभोग गर्ने हुनुपर्छ।’

Share this story on

Messenger Pinterest LinkedIn