नेपाली

माथिल्लो तामाकोसीद्वारा चार अर्ब रुपैयाँको बिजुली बिक्री

criPublished: 2023-11-27 16:01:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दोलखाको बिगु गाउँपालिका १ लामा बगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा करिब चार अर्बको बिजुली बिक्री गरेको छ। ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको सो आयोजनाले पहिलो त्रैमासिकमा तीन अर्ब ७१ करोड ५८ लाख ४७ हजार ७५८ रुपियाँ आम्दानी गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

योसँगै पछिल्लो तीन महिनाको अवधिमा मात्रै आयोजनाले एक अर्ब ७२ लाख ५८ हजार रुपियाँ नाफा कमाएको छ। आयोजनाले यही मङ्सिर ३ गते आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासिकमा विद्युत् बिक्रीबाट तीन अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपियाँ आम्दानी गर्दा ७९ करोड ७७ लाख २६ हजार ५६९ रुपियाँ नाफा भएको थियो। अहिलेको भन्दा २६ दशमलव २६ प्रतिशतले कम हो।

आयोजनाले २०७८ साल भदौ २५ गतेदेखि पूर्णरूपमा विद्युत्को व्यापारिक उत्पादन गरिरहेको छ। अघिल्लो आर्थिक वर्ष सात अर्ब ११ करोड रुपियाँ आम्दानी गरेकोमा गत आर्थिक वर्ष आठ अर्ब १२ करोड रुपियाँको बिजुली बिक्री गरेको थियो। यसरी बिजुली बिक्री गरी नाफा कमाइरहे पनि शेयर बजार मूल्यमा भने गिरावट आइरहेको छ। तामाकोशीको शेयर हाल बजारमा प्रतिकित्ता १९३ रुपियाँमा कारोबार भइरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn