नेपाली

पोखरामा नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता, नेपाली धावकको दबदबा

criPublished: 2023-11-26 16:07:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शनिवार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।

नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बू हुनुहुन्थ्यो। टोलीले नगद तीन लाख ६० हजार पाएको छ । नेपालकै श्रेणी महर्जन, महेश थारु र वसन्त थारुको टोली द्वितीय बनी दुई लाख ८८ हजार पुरस्कार पायो । नेपाली सेनाको श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर टोली तृतीय हुँदै दुई लाख १६ हजार पुरस्कार पाएको छ।

लिन स्याउची, याङ चुन्होङ र होऊ छिङ रहेको चिनियाँ टोलीले चौथो बन्दै एक लाख ४४ हजार पाएको गोरखापत्र अनलाइनले लेखेको छ। ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्दै एक लाख ४४ हजार पुरस्कार पाउनुभयो।

बहादुर सुनुवार द्वितीय, तीर्थ तामाङ तृतीय र करन रावल चौथो बन्नुभयो । उहाँहरूले क्रमशः एक लाख आठ हजार, ५४ हजार रु १८ हजार पाउनुभएको छ । छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरे पाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद २५ हजार जित्नुभयो।

छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोका मगर द्वितीय र बादल कार्की तृतीय बन्नुभयो। छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुनुभयो। दौडको टिम इभेन्टमा नेपालका १० टोली र चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए। एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए। विद्यार्थी दौडमा ४ सय ३० भन्दा बढीको सहभागिता थियो।

प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत पोखरा आएका छन् । चिनियाँ राजदूत छन् सुङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। दुई देशको आत्मीयता बढाउँदै पर्यटन प्रवर्द्धन र समृद्धिको यात्रामा सघाउन दौड कोसे ढुङ्गा साबित हुने प्रतियोगिता संयोजक विश्व शङ्कर पालिखे बताउनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn