अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्तिको उत्पादनमा ध्यान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ
प्रधानमन्त्री प्रचण्डले खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो।
यसैबीच नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन आइतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । ङ्सिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि विभिन्न सात विषयमा बहस हुने तय गरिएको छ ।
बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौति, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणालीलगायतका विषय छन्।