नेपाली

जलवायुअनुकूल पूर्वाधार निर्माणमा जोड

criPublished: 2023-11-25 16:42:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीको छाता संस्था इफाप्का सम्मेलन १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ ।

जलवायुअनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास गर्नुपर्ने घोषणापत्रमा जोड दिइएको छ । दिगो पूर्वाधारले आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भए तापनि बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तनलगायत कारण दिगो पूर्वाधारको उद्देश्यमा चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

प्राकृतिक विपत्तिसँग जुध्ने संरचना निर्माण अहिलेको आवश्यकता रहेको भन्दै भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्नेमा घोषणापत्रले जोड दिएको छ । सहरी पूर्वाधारसहित ऊर्जा, यातायातलगायत क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदा घोषणापत्रमा समेटिएको छ । इफाप्का आबद्ध सदस्य राष्ट्रबीच अझ बलियो साझेदारी कायम गर्नुपर्ने विषय पनि घोषणापत्रमा राखिएको छ । ‘दिगो पूर्वाधारमा साझेदारी’ नारासहित मंसिर ५ बाट सुरु भएको सम्मेलनमा ४ सय ५० भन्दा बढीको सहभागिता थियो ।

सम्मेलनमा २ सय ४२ जना विदेशी प्रतिनिधि सहभागी थिए । नेपालले यसअघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो । आगामी सम्मेलन भने सिंगापुरमा हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जनाउनुभयो। इफाप्काका अध्यक्षसमेत रहेका सिंहले शुक्रबार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn