नेपाली

सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण

criPublished: 2023-11-20 15:32:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन्।

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताउनुभयो। पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिनुभयो।

कान्तिपुर अनलाइनका अनुसार चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भए। ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताएअनुसार उनीहरुलाई दावा साङगे शेर्पाले पथप्रर्दशन गरेका थिए ।

५१ वर्षिय पल आरोहण नभएका हिमाल चढ्न रुचाउँछन । नयाँ नयाँ रुटबाट हिमाल आरोहण गरेर उनले चार पटक हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित अर्वाड ‘पायोलेट्स डिओर' पाइसकेका छन्। सूर्मा सरोवर हिमाल आरोहणको क्रममा उनको एउटा औला हिउँले खाएको छ। पलले यसअघि पनि नेपालको जुगल लगायतका थुप्रै हिमालहरुको नयाँ रुटबाट सफल आरोहण गरिसकेका छन्। सूर्मा सरोवर हिमालको आरोहण गर्दा र यस क्षेत्रमा छ हप्ता विताउँदा अहिले सम्मकै नयाँ अनुभव भएको र यहाँको प्रकृतिमा रमाउन पाउँदा निकै रोमाञ्चित भएको उहाँले बताउनुभयो। सुदूरपश्चिमका अधिकांस हिमालहरु कसैले पनि आरोहण नगरेका कारण यो क्षेत्र भविष्यमा हिमाल आरोहीको आकर्षणको केन्द्र हुन सक्ने उहाँको ठहर छ।

Share this story on

Messenger Pinterest LinkedIn