नेपाली

चीनको नानछाङस्थित विश्वविद्यालयमा खुल्यो नेपाली भाषा कक्षा

criPublished: 2023-03-19 16:15:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा लामो समय बसेर वस्तुस्थिति अध्ययन गरेको भन्दै उहाँले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा भ्रमण गरेर शैक्षिक आदानप्रदानको राम्रो सम्भावना देखेको बताउनुभयो। ‘नेपाली बजारमा पर्यटनको राम्रो सम्भावना देखेकाले चिनियाँहरू स्वयं भाषिक कठिनाइ सुल्झाउन अग्रसर देखिन्छन्’, प्राध्यापक युएले भन्नुभयो, ‘नेपालमा व्यवसाय गर्न चाहने चिनियाँ उद्यमीहरूको इच्छा पनि देखिन्छ।’

पूर्वराजदूत लीलामणि पौड्यालले भाषाले अन्तर्देशीय सम्बन्धलाई गहन पार्न टेवा पुर्‍याउने बताउनुभयो। भाषिक सहजताले एकअर्काको संस्कृति, परम्परा बुझ्न सहज भएर जनस्तरीय सम्बन्धलाई सरल बनाउन सक्ने उहाँको भनाइ थियो ।

नेपाली भाषाको कक्षा आगामी साताबाट सुरू गरिने विश्वविद्यालयले जनाएको छ। यसअघि चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा कक्षा संचालित छन्। राजधानी बेइजिङस्थित संचार विश्वविद्यालय (सीयूसी) र विदेशी भाषा अध्ययन विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुँदैआएको छ । राजधानीबाहिर हनान प्रान्तको लोयाङ, युननान प्रान्तको खुनमिङस्थित जातीय विश्वविद्यालय, पल्लो शान्सी प्रान्तीय सियानयाङ सहरको सिचाङ जातीय विश्वविद्यालय लगायतमा नेपाली भाषाका कक्षा संचालित छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn