नेपाली

हिउँ पग्लिएर कालापत्थर देखियो माछापुच्छ्रे हिमाल

criPublished: 2023-01-25 16:02:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जलवायु परिवर्तनका कारण विश्वभर नै यस्ता समस्या आइरहेका छन्। कार्बनडाइअक्साइडको उत्सर्जन माथिल्लो तहमा गएर बस्नाले पृथ्वीको तापक्रम बढ्दै गएको प्रा.डा. केसीको भनाइ छ। पृथ्वीको तापक्रम स्वतन्त्र रूपमा वायुमण्डलमा जानुपर्ने थियो, ग्रिनहाउसको लेयरले छेक्दा उस्तो समस्या आएको उहाँको भनाइ छ। पोखराको मौसमको कुरा गर्दा मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षा हुनुपर्ने हो। अब थोरै समय मात्र बाँकी छ। लोमाङथाङ निवासी कर्म विष्ट भन्नुहुन्छ, “हिउँ नपर्दा तत्काल जाडो कम भएर सहजजस्तो लागे पनि यसले दीर्घकालीन रूपमा असर गर्छ।”

अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालयका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जलपारिस्थितीय प्रणालीमा चुनौती थपिएको बताउनुभयो। यसले बोटबिरुवा, कृषि, खेतीपाती र जलविद्युत्मा समेत असर परेको उहाँले भन्नुभयो। एक्यापकै ल्वाङ इलाकाका सब–इन्जिनियर रामजी आचार्यले हिमालमा हिउँ नपर्दा माथिल्लो क्षेत्रमा हिउँदे खेती प्रभावित भएको र हिउँचितुवाजस्ता लोपोन्मुख जनावर झनै सङ्कटमा परेको बताउनुभयो। कवि तीर्थ श्रेष्ठले भन्नुभयो, “माछापुच्छ्रेको घट्दो हिउँले लेख्दालेख्दै लेखकको कलम मात्र होइन, भावना नै रोकिन पुगेको छ। यो निकै दुःखको कुरा हो।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn