नेपाली

जनगणनाको पूर्ण विवरण फागुन पहिलो सातामा सार्वजनिक हुने

criPublished: 2023-01-25 16:01:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तर, अबको अन्तिम नतिजा भने घरपरिवार सहितको डाटा समावेस गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ। सार्वजनिक हुने पूर्ण विवरणमा जनसख्या केही तलमाथि हुनसक्ने उहाँको भनाइ छ। प्रदेश र स्थानीय तहलाई मुख्य आधार मानेर विवरण सार्वजनिक गर्ने तयारी भएको विभागका प्रवक्ता घिमिरेको भनाइ छ।

उहाँले भन्नुभयो, “अहिलेको जनगणनामा सात प्रदेश र त्यसअन्तर्गत रहेका स्थानीय तहलाई मुख्य केन्द्रमा राखेर विवरण सार्वजनिक गर्ने तयारी छ। त्यसकारण पनि ढिलाइ भएको छ।” अहिले गणनाको आधारमा तत्कालै कुनै नीति बनाउने आधार नधभएकाले कही ढिला नतिजा प्रकाशित हु्ँदैमा कुनै असर नपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “तत्कालै जनसंख्यालाई आधार बनाएर नीति बनाउने आधार देखिँदैन। निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्य प्रत्येक २० वर्षमा गर्ने योजना रहेको छ। त्यसकारण केही ढिला हुँदैमा केही असर पर्दैन।”

https://gorkhapatraonline.com/news/52065

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn