नेपाली

अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो

criPublished: 2022-12-06 17:34:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मुलुकमा अलैंची निर्यात गरेर बर्सेनि सरदर ४ अर्ब रुपैयाँ भित्रिन्छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, अलैंची किसानले पाउने मूल्य भने निरन्तर घट्दो छ । किसान मात्र होइन, अलैंची व्यापारीसमेत आफूहरूले बर्सेनि घाटा बेहोर्नुपरेको बताउँछन् । कुनै बेला प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य यस वर्ष २६ देखि ३२ हजार रुपैयाँमा सीमित छ । यो मूल्यले उत्पादनदेखि बेच्न योग्य हुँदासम्मको खर्च पनि नउठ्ने किसानको भनाइ छ । झन्डै ९ वर्षदेखि अलैंचीको मूल्य घटिरहेको उनीहरू गुनासो गर्छन् ।

इलामस्थित रोम गाउँपालिका सलकपुरका किसान याम अधिकारीको गुनासो पनि यस्तै छ। ०६२/६३ सालदेखि अलैंची उत्पादन थालेका हुन् । अधिकारीले झन्डै १० रोपनीमा रोपेको अलैँची सिँचाइ अभावका कारण बर्सेनि घट्दै गएको छ । ‘पहिला त्यही ठाउँबाट ६ देखि ७ मन अलैंची उत्पादन हुन्थ्यो, यसपालि एक मन फलाउन पनि मुस्किल भयो,’ उहाँले भन्नुभयो, ‘सिँचाइको पर्याप्त सुविधा छैन । त्यसैले अलैंचीका बोट मासिँदै गए ।’ सिँचाइ सुविधा पर्याप्त भएको खण्डमा घाटा नहुने उनी बताउँछन् । तर यस वर्ष ३० हजारभन्दा कम मूल्य तोकिसकेकाले आगामी वर्ष मूल्य थप घट्ने डर किसानलाई छ ।

अधिकारी अलैंचीको विकल्पमा विभिन्न जातका केरा र कफी खेती गर्ने योजनामा छन् । अघिल्लो आर्थिक वर्ष मुलुकमा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । अलैंची निर्यातको अवस्थामा उतारचढाव नदेखिए पनि किसानले प्राप्त गर्ने मूल्यमा भने व्यापक फरक छ । आर्थिक वर्ष ०७६/७७ सम्म बर्सेनि बढ्दै गएको उत्पादन आर्थिक वर्ष ०७७/७८ मा एक हजार टन नै घटेको छ । किसानले पाउने मूल्य पनि सोही वर्ष घट्दा ७ अर्ब रुपैयाँ मूल्य बराबरको अलैंची निर्यात भएको कान्तिपुर अनलाइनले लेखेको छ। व्यापारीले ‘होल्ड’ गरेको अलैंची बेच्दा धेरै रकम देखिएको नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द्र बिडाल बताउनुहुन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn