नेपाली

चितवन राष्ट्रिय निकुञ्जदेखि बाहिरका गैँडा असुरक्षित

criPublished: 2022-12-06 17:35:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ। “खाग र खुर नभएको गैँडाको अस्थिपञ्जर मात्रै भेटिनुले चोरी सिकारीले मारेको भन्ने त देखिन्छ नै तर धेरै महिनाअघि गैँडा मारिँदा पनि संरक्षणकर्ताले भेउसम्म नपाउनु अचम्मको कुरा हो”, गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउनुहुन्छ। उहाँले निकुञ्जबाहिरका क्षेत्रमा पछिल्लो समय गैँडा मर्ने क्रम बढिरहेकाप्रति चिन्ता व्यक्त गर्नुभयो।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज बाहिरी क्षेत्रमा आइतबारसहित गत साउनयता चारवटा गैँडा मरेका भेटिएका छन्। तीमध्ये दुईवटा मारिएका हुन्। एक वर्षअघि मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। मरेका वन्यजन्तुको पोस्टमार्टम गर्ने निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ यसरी धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताउनुहुन्छ।

जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल पनि गैँडाको सुरक्षामा चुनौती थपिएको स्वीकार्नुहुन्छ। निकुञ्ज बाहिरी क्षेत्रमा चोरी सिकारीको सक्रियता बढेसँगै यसको प्रत्यक्ष प्रभाव निकुञ्जमा पनि पर्ने गोरखापत्रले लेखेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि पछिल्लो समय चितवन र यस आसपासका क्षेत्रमा गैँडा चोरी सिकारी बढेको बताउनुहुन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn