नेपाली

नेपालमा श्रमस्वीकृति लिने विदेशीहरुमा सबैभन्दा बढी चिनियाँ

CRIPublished: 2022-12-04 16:52:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा चालु आर्थिक वर्षको ४ महिनामा मात्र सरकारले ६ सय ७१ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रमस्वीकृति) दिएको छ। यो संख्या गत वर्षको भन्दा भने कम हो। नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ। नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनाहरूमा काम गर्न विदेशी आउने गरेका छन्। कोभिड महामारीका कारण लामो समय नेपालका परियोजना बन्द हुँदा यहाँ आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको कारोबार अनलाइनले लेखेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रमस्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन्। श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्।

रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेका छन्। विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ मा नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था भए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेको पाइन्छ।

अघिल्लो वर्षमा नेपालमा काम गर्ने चाहना राख्दै श्रमस्वीकृति लिने विदेशीको संख्या ९ प्रतिशतले घटेको थियो। आव २०७६/०७७ मा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ५० रहेकोमा अघिल्लो वर्ष भने बढेर २ हजार ३९० पुगेको थियो। २०७३ पुसयता चिनियाँ नागरिक ५ हजार ४७४, बेलायती ३८६, अमेरिकी २३४, भारतीय १८३, कोरियन १६२ र अन्य १० हजार ५९६ विदेशीले नेपालमा रोजगारी गर्न श्रमस्वीकृति लिएको तथ्यांक छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn