नेपाली

नेपालमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण

CRIPublished: 2022-12-03 16:26:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि चालु आर्थिक वर्ष मुद्रास्फीति सीमाभन्दा धेरै माथि पुग्ने देखिएको छ। नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को प्रथम त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाअनुसार मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्ष उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा ८ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य (मेडियन) अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत पुग्ने देखिएको छ।

अपेक्षित मुद्रास्फीति सर्वेक्षण चालु आर्थिक वर्षको असोज २३ देखि असोज २९ गतेसम्म ५७ सहरका ६० बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर सम्पन्न गरिएको राष्ट्र बैङ्कले जनाएको छ। सर्वेक्षणमा प्रस्तुत परिणाम दुई हजार ४० जनाको प्रतिक्रियामा आधारित रहेको छ। अघिल्लो सर्वेक्षणको तुलनामा यस वर्षको सर्वेक्षणमा ८९९ जना थपिएका छन्।

सर्वेक्षणमा सहभागी ८६ दशमलव ६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९५ दशमलव ७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्।

खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षित मुद्रास्फीति सर्वेक्षणले देखाएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn