नेपाली

स्वास्थ्यकर्मीद्वारा खर्कमै पुगेर बालबालिकालाई खोप र उपचार

criPublished: 2022-09-23 15:40:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हुम्लाका पशुपालनका लागि आमासँग लगिएका बालबालिकालाई स्वास्थ्यकर्मीद्वारा खर्कमै पुगेर खोप लगाउने कार्य गरिएको छ। नियमित रुपमा लगाउनुपर्ने खोपबाट बालबालिका छुट्ने भएपछि स्वास्थ्यकर्मीहरु खर्कमै पुगेर खोप लगाउने कार्य गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

चुवाखोला क्षेत्रमा पाशुपालनका लागि खर्कमा बस्दै आउनुभएकी सिमकोट गाउँपालिका–१ की छिरिङबुटी लामाले आफ्नो आठ महिनाको छोराको खोप लगाउने कार्य भएको बताउनुभयो। तीन महिनादेखि उहाँ छोरा सहित खर्कमा बस्दै आउनुभएको थियो। उहाँले आफू जस्तै पाँच वर्ष मुनीका आमाहरुको माग अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र दोजामबाट स्वास्थ्यकर्मी आएर सबै किसिमको खोप लगाउने कार्य भएको बताउनुभयो। स्वास्थ्यकर्मी आएर खोप लगाएपछि खर्कमा आमासँग रहँदै आएका बालबालिकाले खोप लगाउन पाउनुभएको हो।

केन्द्रका इन्चार्ज रत्न बोहराले खोप लगाउने उमेर समूहका बालबालिका सबै आमासँग खर्कमा लगिएको कारण आफूसहितको स्वास्थ्यकर्मीको टोली खर्कमा पुगेर खोप लगाउने कार्य भएको बताउनुभयो। उहाँले खोपबाट पाँच वर्षमुनिका बालबालिका नछुटोस् भन्नका लागि एक हिँडेर खर्कमा पुगी खोप लगाउने कार्य गरिएको बताउनुभयो। अनिवार्य रुपमा लगाउनुपर्ने खोपबाट बालबालिकाहरु छुट्ने भएप नि खर्कमै जानुपरेको बताउँदै आमालाई बोलाउँदा पशु हेर्न समस्या हुने देखिएपछि आफूहरु उतै गएको बताउनुभयो। उहाँले खोप लगाउने उमेरका १७ जना बालबालिकालाई खोप लगाउने कार्य भएको बताउनुभयो। खोप लगाउने कार्य वडा नम्बर १ र २ का बालबालिकालाई भएको छ। उक्त स्वास्थ्य केन्द्रले तीन वर्षयता लगातार खर्कमै पुगेर बालबालिकालाई खोप लगाउने कार्य गर्दै आएको छ। यसैबीच खोप लगाउन खर्क पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामी खर्कालाको पनि उपचार गरेको छ। इन्चार्ज बोहराले रुघाखोकी, बाथ, दम, ज्वरो, टाउको दुःख्ने, निमोनियाका एक सय पचासभन्दा बढी बिरामीको पनि उपचार गर्ने कार्य भएको बताउनुभयो। स्वास्थ्यकर्मी खर्कमा आएर उपचार गरेपछि बिरामीलाई सहज भएको थियो। गत जेठ महिनादेखि खर्कालाहरु उच्च पाटनका खर्कमा पशुपालन गर्दै आउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn