नेपाली

दशैंका लागि उपत्यकामा ७० हजार खसीबोका आवश्यक

criPublished: 2022-09-23 15:38:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विगतका वर्षमा देशबाहिरबाट पनि खसीबोका आयात गरेर बिक्री वितरण गरिए पनि यसपटक भने आन्तरिक उत्पादनबाट नै मागको पूर्ति गरिने व्यावसायीले बताएका छन्।

यस्तै यसपालि विभागले च्याङ्ग्रा व्यवसायीलाई पनि च्याङ्ग्रा खरिद गर्न आग्रह गरेको छ। ‘च्याङ्ग्राको माग पनि हुने भएकाले व्यवसायीलाई खरिद गर्न सक्ने अवस्था भए खरिद गर्न आग्रह गरेका छौँ। केही व्यवस्थापनमा कठिनाइ भए विभागले सहयोग गर्ने पनि निर्णय भएको छ’, ढकालले भन्नुभयो।

यस्तै विभिन्न जिल्लाबाट व्यवसायीले खसी, बोका उपत्यका ल्याउदा कुनै कठिनाइ भए पशु सेवा विभागले सहयोग गर्नेछ। गत वर्षजस्तै यस वर्ष पनि उपत्यकाका विभिन्न क्षेत्रबाट खसी, बोकाको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ। ढकालका अनुसार उपत्यकामा खसीबोका आइसकेपछि विक्री वितरण हुनुभन्दा अघि स्वास्थ्य परीक्षण गरेर कलरिङ् गरिने उहाँको भनाइ छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn